हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशका विभिन्न भागमा भारी वर्षा, बाढीको जोखिम उच्च

प्रहार समाचार । काठमाडौं, २३ साउन २०८२ शुक्रवार । गएराति देशका धेरै भागमा मध्यमदेखि भारी वर्षा भएको छ। विशेषगरी मधेश प्रदेशसहित तराई र पहाडी क्षेत्रहरू सिन्धुपाल्चोक, उदयपुर, गोरखा र बर्दियामा उल्लेख्य वर्षा भएको जाल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा भइरहेको छ भने दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा व्यापक वर्षा हुन सक्ने सम्भावना रहेको छ। बाँकी प्रदेशहरूमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

मनसुनको न्यून चापीय रेखा अहिले तराई क्षेत्रमै सक्रिय रहेकाले आज रातिसम्म कोशी, मधेश, बागमती र गण्डकीका पहाडी क्षेत्रहरूमा वर्षा जारी रहनेछ। महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले बढी आउन सक्ने हुनाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button