हेडलाईनसमाचारप्रदेश

लागुऔषध कारोवारीको ट्रान्जिट प्वाइन्ट बन्दै नेपाल : दुई विदेशी नागरिक ठूलो मात्रामा सेतो हेरोइन सहित पक्राउ

प्रहार समाचार । नेपाल लागुऔषध कारोवारिको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। दिनहुँजसो लागुऔषध कारोबारीहरू पक्राउ पर्नु यसको ज्वलन्त उदाहरण हो । पछिल्लो घटनामा लागुऔषध नियन्त्रण ब्यूरोले ७ किलो ८ सय ग्राम सेतो हेरोइनसहित दुई विदेशी नागरिकलाई काठमाडौंमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, जैनपुरका ३५ वर्षीय फिरोज अहमद र तमिलनाडु, इरोदका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेल छन्। दुबै जना लाओसबाट बैंकक हुँदै काठमाडौँ आएका थिए। ब्यूरोले अहमदलाई साउन १७ गते र भेललाई साउन १८ गते पक्राउ गरेको हो।

दुवै जनाविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दायर गरिएको छ। थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button