हेडलाईनसाहित्यप्रदेश

प्रहार साहित्य : कविता ‘अहिले जो छ भोलि हुन्छ हुँदैन’

हरेक घडी फेर्दैछ रूप जिन्दगी
छाँया कहिले हुन्छ कहिले गर्मी
हरेक पल यहाँ जिउने गर
अहिले जो छ भोलि हुन्छ हुँदैन ।

चाहेको तिमीले जो पूरा दिलले
मिल्छ तिमीले जो त्यो गार्‍होले
यसो त जो जस्तो छ
त्यहि नै सबै भन्दा राम्रो हुन्छ ।

त्यो हातलाई तिमीले थाम्ने गर
यो मौका फेरि आउँछ आउँदैन
हरेक पल यहाँ जिउने गर
अहिले जो छ भोलि हुन्छ हुँदैन ।

पलकमा जहाँ पाउने गर्छ छाँया
नजिक जो आएर दिन्छ माया
सम्हाल आफ्नो दिललाई आफैंले
दिलको धडकन चलेनि गतिले

तर साेंच्नु यो पल जो छ
कथा यो भोलि हुन्छ हुँदैन
हरेक घडी फेर्दैछ रूप जिन्दगी
छाँया कतिसम्म, कतिसम्म गर्मी
हरेक पल यहाँ जिउने गर
अहिले जो छ भोलि हुन्छ हुँदैन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button