हेडलाईनसमाचारमनोरञ्जनखेलकुद

नेपाल पहिलोपटक PMWC ग्रान्ड फाइनलमा, CR7 Horaa ले तोडे आफनै रेकर्ड

प्रहार समाचार । , १४ साउन २०८२ बुधवार । Horaa Esports पहिलो नेपाली टोली बनेर PUBG Mobile World Cup (PMWC) को ग्रान्ड फाइनलमा प्रवेश गरेको छ। टोलीले Survival Stage मा १०८ अंक (७२ एलिमिनेशन, ३६ प्लेसमेन्ट) सहित पहिलो स्थान हासिल गर्दै २५ हजार अमेरिकी डलर पुरस्कार जितेको हो।

टोलीका कप्तान JIGGLEHORAA को नेतृत्वमा यो ऐतिहासिक सफलता हात परेको हो। फाइनल खेलमा Chicken Dinner जित्दै शीर्ष स्थान पक्का गरेका Horaa Esports अब अगस्ट १ देखि ३ सम्म साउदी अरबको रियादस्थित BR Arena मा हुने ग्रान्ड फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यो जितसँगै CR7 Horaa को वाच पार्टीमा १ लाख ६ हजारभन्दा बढी प्रत्यक्ष दर्शक पुगेका थिए, जुन नेपाली गेमिङ इतिहासको नयाँ कीर्तिमान हो। यसअघि कै रेकर्ड पनि उनकै नाममा थियो।

watch party live

Horaa Esports को यस ऐतिहासिक सफलताले सम्पूर्ण नेपाली गेमिङ र इस्पोर्ट्स समुदायलाई गर्वित बनाएको छ। टोलीले नेपाललाई पहिलोपटक PMWC को अन्तिम चरणमा पुर्‍याउँदै विश्वमञ्चमा झण्डा फहराएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button