हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : मनसुन सक्रिय, देशका धेरै भागमा मध्यम वर्षा जारी

प्रहार समाचार । काठमाडौँ, १३ साउन २०८२ मङ्गलबार । देशभर सक्रिय बनेको मनसुनी वायुका कारण गएराति अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो १२ घण्टामा दाङमा सबैभन्दा धेरै ८५.२ मिलिमिटर तथा बाँकेमा ७१.२ मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेशका पर्सा, रौतहट लगायतका जिल्लामा पनि पानी परेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा अन्य क्षेत्रका एक–दुई स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ। मनसुनी वायु केही दिन कमजोर भए पनि आइतबारदेखि पुनः सक्रिय भएपछि वर्षा दर बढेको हो।

आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ भने केही स्थानमा चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ। राततिर लुम्बिनी र अन्य पहाडी भूभागमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button