आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

समाजसेवी नहर्कीद्वारा आँबुखैरेनी अस्पताललाई सहयोग

प्रहार समाचार । तनहुँ, ८ साउन २०८२ बिहीबार । आँबूखैरेनी गाउँपालिका निवासी स्थानिय समाजसेवी सुजन नहर्कीले आँबूखैरेनी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरूका लागि १५ थान प्लास्टिक कुर्सी सहयोग गरेका छन्।

१७ हजार बढि मूल्य बराबरको लागतमा खरिद गरिएका कुर्सीहरू बुधबार अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको हो। कुर्सी हस्तान्तरण कार्यक्रममा आँबूखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डि.बि. क्षेत्री तथा अस्पतालका अन्य पदाधिकारीहरू सहभागी थिए।

समाजसेवी नहर्कीले अस्पतालमा उपचार सेवाका लागि आउने बिरामी तथा कुरुवाहरूको बसाइ सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। “सामान्य देखिने यस्तो सहयोगले सेवा लिने नागरिकलाई ठूलो राहत मिल्ने विश्वास लिएको छु,” नहर्कीले बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष चुमानले अस्पतालमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक क्रियाकलापले सामुदायिक भावनालाई सुदृढ बनाउने बताए। “अस्पताल हाम्रो साझा सम्पत्ति हो, यसको सुधार र सुविधा सबैको सरोकार हो,” अध्यक्ष चुमानले भने, “यस्ता उदाहरणीय सहयोगले अन्यलाई पनि प्रेरणा दिनेछ।”

अस्पताल प्रशासनले समेत सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समुदायसँग सहकार्य गर्दै सेवा विस्तारमा ध्यान दिने प्रतिबद्धता जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button