हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

तनहुँको निर्मल मा.वि. का शिक्षकद्वारा मासु परीक्षण यन्त्र निर्माण : पाँच सेकेन्डमै रिपोर्ट निस्कने

प्रहार समाचार । तनहुँ, ७ साउन २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकहरूले मासु परीक्षण गर्ने अत्याधुनिक डिभाइस निर्माण गरेका छन्। विद्यालयका शिक्षक तथा एआई अनुसन्धानकर्ता दीपक पन्थ र बायोलोजिस्ट सुनिल पौडेलको नेतृत्वमा निर्माण गरिएको उक्त यन्त्रले मासुको गुणस्तर परीक्षण गर्न सक्षम रहेको छ।

करिब एक वर्षअघिदेखि दमौली बजारका मासु पसलमा परीक्षण गर्दै अनुसन्धान पत्र तयार पारिएको हो। यो डिभाइस तथा अनुसन्धान रिपोर्ट अन्तर्राष्ट्रिय सम्मेलनमा समेत प्रस्तुत भइसकेको छ, जसले यन्त्रको वैज्ञानिक मान्यता (validation) पाएको प्रमाणित गर्छ।

डिभाइसले मात्र पाँच सेकेन्डमै मासुको गुणस्तर परीक्षण गर्न सक्ने शिक्षक द्वय पन्थ र पौडेलको भनाई छ। विभिन्न सेन्सर र मेसिन लर्निङ्ग अल्गोरिदममा आधारित डिभाइसको लागत कम हुने र सञ्चालन सहज हुने उनीहरूको दाबी छ। यसअघि पनि दीपक पन्थले माटो परीक्षण गर्ने यन्त्र निर्माण गरी माटोको वर्गीकरण तथा त्यही आधारमा बाली पूर्वानुमानसम्बन्धी अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गराइसकेका छन्। पन्थले एआईका विभिन्न शाखामा समेत अनुसन्धान गर्दै आएका छन्। तस्बिरमा विद्यालयका शिक्षक तथा एआई अनुसन्धानकर्ता दीपक पन्थ( दायाँ) र बायोलोजिस्ट सुनिल पौडेल (बायाँ) :

यस डिभाइस प्रयोग गरी गरिएको सर्वेक्षणअनुसार दमौली बजारमा विक्री हुने माछामा अत्यधिक संक्रमण देखिएको छ। राँगा र भैँसीको मासुमा पनि संक्रमणको संकेत भेटिएको छ भने खसीको मासु तुलनात्मक रूपमा कम संक्रमित देखिएको छ। कुखुराको मासु भने परीक्षणमा १०० प्रतिशत ताजा रहेको पुष्टि भएको छ। यस्ता डाटा सार्वजनिक हुनु उपभोक्ता सचेतना र खाद्य सुरक्षाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। परीक्षणको क्रममा देखिएको नतिजा :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button