हेडलाईनसमाचारप्रदेश

धनगढीमा भीषण आगलागी : हेलेन ट्रेड सप्लायर्स पूर्ण रुपमा जलेर नष्ट

प्रहार समाचार । धनगढी , ५ साउन २०८२ सोमवार । धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति एक्कासि आगलागी भएको छ। प्रहरीका अनुसार स्थानीय व्यापारी विश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएका हेलेन ट्रेड सप्लायर्समा राति करिब १० बजे अचानक आगो लागेको थियो। आगो छोटो समयमै भीषण बनेपछि वरपरका स्थानीयवासी त्रसित बनेका थिए।

हेलेन ट्रेड सप्लायर्सबाट सुरु भएको आगलागीले सप्लायर्सको गोदामलगायत अन्य संरचना समेत जलेर नष्ट भएको बताइएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा करिब दुई घण्टापछि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

प्रहरीले आगलागीबाट ठूलो मात्रामा क्षति भएको प्रारम्भिक अनुमान गरे पनि यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ। आगलागीको कारण हालसम्म खुलेको छैन। घटनास्थलमा अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button