प्रहार समाचार । तनहुँ, ४ साउन २०८२ आइतवार । तनहुँको सदरमुकाम दमौलीमा झन्डै दुई दशकभन्दा बढी समयदेखि जुत्ता–चप्पल व्यापारमा सक्रिय ‘न्यू मल्ल इम्पोरियम’ अब नयाँ स्थानमा सरेको छ । विगतमा व्यास नगरपालिका–२, ग्रिनसिटी टोलमा सञ्चालनमा रहेको उक्त इम्पोरियम हाल व्यास नगरपालिका–३, सृजना टोल (बाराही मावि अगाडि) मा स्थानान्तरण गरिएको छ ।

व्यापारीक क्षेत्रका अनुभवी इम्पोरियमका प्रोपाइटर सुक नारायण मल्लद्वारा सञ्चालित उक्त पसलमा विभिन्न ब्राण्डका जुत्ता, चप्पल, झोला, छाता तथा रेनकोट होलसेल तथा खुद्रा मूल्यमा उपलब्ध छन् । सबै उमेर समूहका ग्राहकका लागि उपयुक्त सामग्रीहरू १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको महासेल अफरसहित बिक्री भइरहेको सञ्चालक मल्लले जानकारी दिए ।

२५ वर्षको अनुभव बोकेका व्यापारी :

सुकनारायण मल्ल तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाइका अध्यक्ष समेत हुन् । २५ वर्षदेखि व्यापार क्षेत्रमा समर्पित उनले ग्राहक सन्तुष्टि र गुणस्तरीय सेवालाई पहिलो प्राथमिकतामा राख्दै व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


‘ग्राहकको सहज पहुँच, खुला पार्किङ र फराकिलो पसलको व्यवस्थासहित नयाँ स्थानबाट सेवा सुरु गरेका छौं,’ सञ्चालक मल्लले भने, ‘हाम्रो उद्देश्य गुणस्तरीय सामान सस्तो मूल्यमा उपलब्ध गराउनु हो ।’



























