हेडलाईनसमाचारगण्डकीघिरिङ

तनहुँको घिरिङ गाउँपालिकाद्वारा चार कर्मचारी सम्मानित

प्रहार समाचार । तनहुँ, २७ असार २०८२ शुक्रवार । तनहुँको घिरिङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने चार जना कर्मचारीलाई सम्मान गरेको छ।


 

हिंजो सम्पन्न १८औं गाउँसभाको अवसर पारेर आयोजित कार्यक्रममा लेखा अधिकृत अविनाश ढकाल, कम्प्युटर अधिकृत तथा पञ्जीकरण शाखा प्रमुख देवेन भुजेल, शिक्षा शाखाका प्राविधिक सहायक पुष्पा थापा खत्री र आन्तरिक लेखा परीक्षक रामु पराजुलीलाई सम्मान गरिएको हो।

सम्मानित कर्मचारीहरूलाई गाउँपालिका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले दोसल्ला ओढाइ, करुवा र सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रमले कर्मचारीको मेहनत र सेवा भावनालाई कदर गर्दै संस्थागत उत्तरदायित्वप्रति थप प्रेरणा प्रदान गरेको जनाइएको छ।

समारोहमा बोल्दै अध्यक्ष थापाले कार्यसम्पादनमा अनुशासन र इमान्दारिता अनिवार्य रहेको उल्लेख गर्दै सम्मानित कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरे। साथै, उनले अन्य कर्मचारीहरूलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै यस्तो सम्मान कार्यक्रमले सेवा प्रवाह सुधार गर्न सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button