प्रहार समाचार । तनहुँ, २८ असार २०८२ शुक्रवार । वेदव्यास अवतरण दिवस तथा गुरु पूर्णिमा पर्वको अवसरमा तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर क्षेत्र, बेनीपाटनमा ‘गुरु पूर्णिमा तथा वेदव्यास अवतरण महोत्सव’ सम्पन्न गरिएको छ।

कार्यक्रमको तथा नवनिर्मित गोरक्ष निखिल व्यास पराशर सिद्धाश्रम भवनको उद्घाटन गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटनगर्दै सांस्कृतिक तथा आध्यात्मिक चेतनाको संरक्षण र प्रवर्द्धनका निम्ति सिद्धाश्रम क्षेत्र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आध्यात्मिक परम्पराको निरन्तरतामा यस्ता केन्द्रहरू प्रेरक बन्ने भन्दै धार्मिक पर्यटकीय सम्भावनाको समेत चर्चा गरे ।

कार्यक्रममा व्यासका अध्येता काशिनाथ न्यौपाने, शान्ति स्वरूपानन्द दामोदर बाबा, जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष शालिग्राम गिरी, ब्राह्मण समाज तनहुँका अध्यक्ष कृष्ण चन्द्र पाण्डेल, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी लगायतले गुरु–शिष्य परम्पराको महत्व र संस्कृत ज्ञान परम्पराको संरक्षणमा जोड दिए ।


गोरक्ष निखिल व्यास पराशर सिद्धाश्रम केन्द्रका अध्यक्ष मान कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विशेष पूजा, हवन र आध्यात्मिक प्रवचन , नृत्य समेत प्रदर्शन गरिएको थियो। कार्यक्रमले स्थानीय स्तरमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सांस्कृतिक एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

























