हेडलाईनसमाचारगण्डकीघिरिङस्वास्थ्य

तनहुँको घिरिङका गम्भीर बिरामी रोशनको उपचारका लागि सहयोगको अपिल

• अन्जन परिचार/ तनहुँ, २१ असार २०८२ शनिवार । तनहुँको घिरिङ गाउँपालिका–४ फुला गुरुङ गाउँका ३४ वर्षीय रोशन बिक (बमबहादुर) क्षयरोग (टि.बी.) र मृगौलासम्बन्धी गम्भीर समस्याबाट पीडित छन्। लामो समयदेखि बिरामी रहेका बिक हाल हिँडडुल गर्नसमेत असमर्थ छन्। समयमै उपचार नपाउँदा उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ।

आर्थिक अवस्था निकै कमजोर भएका कारण परिवारले अस्पतालसम्म पुर्‍याएर उपचार गर्न सक्ने अवस्था छैन। पीडितकी आमा जानकी माया बिकले छोराको जीवन जोगाउनका लागि देशविदेशमा रहेका सहयोगी मनहरू, समाजसेवी तथा संघसंस्थाहरूसँग आर्थिक सहयोगको अपिल गरेकी छन्।

‘छोरा ओछ्यानमै परेका छन्, उपचारका लागि पैसा छैन। कृपया जो जसले सक्नुहुन्छ सहयोग गरिदिनुहोस्,’ आमा जानकीले आँखाभरी आँशु लिंदै अपिल गरिन् । उनले सहयोग गर्न इच्छुक व्यक्तिहरूले ९८०८३९२२०४ वा ९८१४१५३३६६ नम्बरमा सम्पर्क गरेर प्रत्यक्ष सहयोग गर्न सकिने बताएकी छन्। पीडित बिकको उपचारका लागि जुटाइएको सानो सहयोगले एउटा ज्यान बच्न सक्छ भन्ने आशामा परिवारले अपिल गरेका हुन्। छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button