हेडलाईनसमाचारप्रदेश

रुपन्देही-३ मा उपनिर्वाचन मिति तय

प्रहार समाचार । काठमाडौँ, २० असार २०८२ शुक्रवार । निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नं. ३ मा मङ्सिर १७ गते (२०८२/०७/१७) सोमबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

आयोगले संवैधानिक र कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति निर्धारण गरेको जानकारी गराएको हो। प्रतिनिधि सभा सदस्य बोहराको निधन २०८१ साल चैत १९ गते भएको थियो। संघीय संसद सचिवालयको जानकारीका आधारमा उक्त क्षेत्र रिक्त रहेको औपचारिक जानकारी पाएको आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ अनुसार उपनिर्वाचन गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभाको कार्यकालमा अझै ६ महिनाभन्दा बढी समय बाँकी रहेकाले संविधानको धारा ८४ को उपधारा ७ बमोजिम उपनिर्वाचन आवश्यक भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र मतदाताहरूलाई सहयोग गर्न आग्रह गरेको छ । सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचन प्रक्रियालाई सफल बनाउन सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेको उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button