हेडलाईनसमाचारप्रदेश

भ्रष्टाचारको जालो सैनिक सम्म : सैनिक उच्च अधिकृत खड्का र कार्की सेवाबाट बर्खास्त

प्रहार समाचार । काठमाडौँ, १९ असार २०८१ बिहिवार । नेपालमा भ्रष्टाचारको जालो सैनिकसम्म व्याप्त रहेको कुरा पर्दाफास भएको छ। सैनिक विशेष अदालतले सैनिक कल्याणकारी कोषमा करिब २ करोड २२ लाख रूपैयाँ हिनामिना गरेको ठहर गर्दै सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरे सङ्गै यो कुरा प्रमाणित भएको हो ।

अदालतको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी कारबाही गरिएको हो। सैनिक ऐन २०६३ को दफा १०१ बमोजिम गरिएको फैसलाअनुसार उनीहरूबाट अपचलन भएको सम्पूर्ण रकम असुलउपर गरिनेछ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले अदालतको निर्णयबारे जानकारी दिँदै सैनिक अनुशासन, आचारसंहिता र सम्पत्ति सम्बन्धी कसुरमा दोषी ठहर गरिएको बताए।

उक्त भ्रष्टाचारमा सेनाका अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीसमेत संलग्न रहेको अदालतले ठहर गरेको छ। थापा हाल थुनामा छन् भने अधिकारी विदेशमा रहेका कारण फरार सूचीमा परेका छन्। उनीहरूबाट काल्पनिक नाममार्फत आवास तथा बीमा शाखाबाट रकम निकासी गरी हिनामिना गरिएको आरोप पुष्टि भएको सैनिक स्रोतले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button