हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मनसुनी सक्रियता, केही स्थानमा भारी वर्षा हुने

प्रहार समाचार । तनहुँ, १८ असार २०८२ बुधवार । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णालीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभाव देशभर सक्रिय रहेकाले आज दिउँसो र राति विभिन्न स्थानमा अझै पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ। विशेषगरी मधेसबाहेक अन्य प्रदेशका विभिन्न स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। राति पनि कोशी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण सम्भावित भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले केही दिन वर्षा अझै जारी रहने संकेत दिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button