हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँको निर्मल माविमा लोपउन्मुख असारे गीत प्रतियोगिता सम्पन्न

प्रहार समाचार । तनहुँ , १३ असार २०८२ शुक्रवार । लोप हुँदै गइरहेका नेपाली मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले निर्मल माध्यमिक विद्यालयमा आज ‘असारे गीत प्रतियोगिता’ सम्पन्न भएको छ। कार्यक्रममा झण्डै १६ वटा समूहले आ–आफ्ना गाउँ तथा भेगअनुसारका असारे गीतहरू प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले मौलिक भाकामा गीत गाउनुका साथै आन्तरिक भाव–अनुभूति झल्किने नृत्य समेत प्रस्तुत गरेपछि माहोल साँस्कृतिक उत्सवझैं बनेको थियो।

प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरु समावेश भएका मध्ये दीपेश पन्थको समूहले सर्वोत्कृष्ट पुरस्कार हात पार्न सफल भएको छ। उक्त समूहमा दीपेश पन्थ, सम्झना परियार, अन्जली बि.क., स्मारिका दरै, तिलकुमारी भुजेल र सुजता थापा सहभागी थिए। उनीहरूको समुहले प्रस्तुत गरेको गीत र नृत्यले परम्परागत भाकालाई जीवन्त बनाएको भन्दै निर्णायकबाट सर्वाधिक प्रशंसा प्राप्त गरेको थियो।

विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति गणेश चन्द्र बस्नेतले लोप हुँदै गएको असारे गीतजस्ता मौलिक संस्कृतिको संरक्षण आजको आवश्यकता भएको बताए। उनले यस्ता गतिविधिहरूले विद्यार्थीमा राष्ट्रिय संस्कृतिप्रति गर्वको भावना जगाउनुका साथै नयाँ पुस्तामा पुनर्जागरण ल्याउनेमा विश्वास लिए । सहायक प्रधानाध्यापक विरबहादुर बस्नेतले कार्यक्रमले विद्यार्थीहरुमा नेपाली मौलिक लोक संस्कृतिको जगेर्ना गर्नु पर्ने नदिन सन्देश प्रवाह गरेको बताए । शिक्षक प्रतिनिधि लोकराज सेडाईले यस्तो प्रतियोगिताले विद्यार्थीमा मौलिक पहिचानप्रति रुचि बढाउने उल्लेख गरे।

अतिरिक्त क्रियाकलाप संयोजक चिरन्जीवी पन्थको सञ्चालनमा सम्पन्न भएको प्रतियोगितामा अभिभावक , शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको शिक्षक दिपक पन्थले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button