हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

जिल्ला प्रशासन तनहुँको सेवा अब पुरानै समय बिहान १० बजेदेखि

प्रहार समाचार । तनहुँ, १२ असार २०८२ बिहीवार । नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहान ७ बजेदेखि दिँसोपछि ५ बजेसम्म सेवा दिइँदै आएकोमा अब नियमित कार्यालय समयमै सेवा हुने भएको छ। कार्यालयले २०८२ असार १५ गतेदेखि बिहान १० बजेदेखि मात्र सेवा दिने निर्णय गरेको हो।

कक्षा १२ को परीक्षा सकिएपछि सेवाग्राहीको चाप अचानक बढेको थियो। दैनिक ४२ जना नागरिकता र १ सय १७ जना राष्ट्रिय परिचयपत्रका सेवाग्राही आउने गरेका थिए। सेवाग्राहीको सुविधाका लागि कार्यालय बिहानैदेखि खोलिएको थियो। तर, विगत केही दिनदेखि बिहान ७ बजेदेखि १० बजेसम्म कम मात्रामा सेवाग्राही आउने गरेको देखिए पछि पुरानै नियमित समयमा कार्यलय खुल्ला रहने प्रशासन कार्यालयले जनाएको छ ।

अब सेवा लिन आउने नागरिकले बिहान १० बजेपछि मात्र कार्यालय जान अनुरोध गरिएको छ। सेवाग्राहीलाई उही दिन सेवा दिन हरसम्भव प्रयास गरिने पनि प्रशासनको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button