व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको व्यास नगरपालिकाद्वारा बादर धपाउने लेजर लाइट वितरण

प्रहार समाचार । तनहुँ, १२ असार २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिकाले कृषकहरू बादर धपाउने लेजर लाइट वितरण सुरु गरेको छ। प्रारम्भिक चरणमा नगरका केही स्थानका किसानहरूलाई यो लाइट वितरण गरिनेछ, र प्रयोग सफल भएमा सम्पूर्ण १४ वडामा विस्तार गरिने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले वैज्ञानिक विधिबाट कृषकको गुनासो समाधान गर्न यो प्रयास सुरु गरिएको जानकारी दिए।

उपप्रमुख इन्दिरा दरैले बाली नष्ट गर्ने बादरबाट पीडित कृषकहरूको समस्या समाधानका लागि दीर्घकालीन र प्रभावकारी उपाय खोज्न यो प्रविधि परीक्षणकालागि विताण गरिएको जानकारी गराइन् । यो लेजर लाइट राति र दिन दुवै समयमा उपयोगी हुने विश्वास लिइएको छ।

नगर पालिकाले लाइट वितरणसँगै प्रयोग सम्बन्धी तालिम, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना समेत बनाएको छ। प्रविधिको सफल प्रयोग भएमा यसले कृषकहरूको बाली संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने र आर्थिक क्षतिमा कमी ल्याउने प्रमुख प्रशासकिय अधिकृत काशिराम गैरेले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button