हेडलाईनसमाचारगण्डकीऋषिङ

ऋषिङ गाउँपालिकाको संशोधित आय अनुमान ५५ करोड

• विवेक श्रेष्ठ ( प्रहार समाचार ) तनहुँ,१० असार २०८२ मङ्गलवार । तनहुँको ऋषिङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि आय अनुमान संशोधन गर्दै कुल ५५ करोड ६३ लाख १ हजार १८३ रुपैयाँ पुर्‍याएको छ। प्रारम्भिक अनुमान ५५ करोड ५७ लाख रुपैयाँ रहेकोमा केही शीर्षकमा संशोधनसहित वास्तविक आय अनुमान बढाइएको हो। पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार यसमा आन्तरिक आम्दानी ८ करोड ५३ लाख ९७ हजार रुपैयाँ रहेको छ भने स्थानीय तहको बाँडफाँड, अघिल्लो वर्षको बाँकी अनुदान तथा घरजग्गा रजिष्ट्रेशन शुल्कसमेत समावेश गरिएको छ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ करोड ६१ लाख, सशर्त अनुदान २३ करोड ६६ लाख ५७ हजार र राजस्व बाँडफाँडतर्फ १० करोड ७७ लाख रुपैयाँ रहेको छ। यस्तै, प्रदेश सरकारतर्फबाट वित्तीय समानीकरण, समपूरक तथा विशेष अनुदान र राजस्व बाँडफाँड शीर्षकमा करिब ५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंक मौज्दात ५० लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऋषिङ गाउँपालिकाले कुल ५२ करोड ४० लाख ९५ हजार ४४७ रुपैयाँको व्यय अनुमान सार्वजनिक गरेको छ। उपाध्यक्ष गिनुमाया थापाका अनुसार प्रशासनिक खर्चतर्फ ११ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने संघीय सशर्त अनुदान योजनाका लागि २३ करोड ५ लाख रुपैयाँ छुट्याइएको छ।

पालिकाले शाखागत तथा वडागत बजेट सिलिङ्ग निर्धारण गरिसकेको जानकारी दिंदै प्रमुख शीर्षकगत बजेटको छलफल आगामी बैठकहरूमा गरिने जनाइएको छ। सोही अनुसार शीर्षकगत विनियोजन पनि प्रारम्भिक रुपमा पेश गरिएको छ। पालिकाले योजना, प्राथमिकता र उपलब्ध स्रोतका आधारमा आगामी वर्षका कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button