हेडलाईनसमाचारगण्डकी

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकी प्रदेशको संयोजकमा गुरुङ

प्रहार समाचार । कास्की, १० असार २०८२ मङ्गलवार । सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकी प्रदेशको संयोजकमा राजबहादुर गुरुङ चयन भएका छन् ।

संघका केन्द्रिय अध्यक्ष उमिद वागचनको अतित्यतामा तथा पोखराका वरिष्ट पत्रकारहरु नारायण कार्की, गंगाधर पराजुली, पुण्य पौडेल, ओम प्रकाश पौडेल, शिव बस्ताकोटी  लगायतको उपस्थितिमा आज भएको एक कार्यक्रमका बिच गुरुङको अध्यक्षतामा पहिलो पटक तदर्थ समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गिता आचार्य, महासचिवमा भरत कोइराला, सचिव कृष्ण क्षेत्री, महिला सचिवमा मायाँ अधिकारी, कोषाध्यक्षमा टिका आचार्य चयन भएका छन्।

यसै गरि  सदस्यहरुमा रोशन लामिछाने, विराज त्रिपाठी, शुशिला रोक्का , सुवास पौडेल, शंकरराज नहर्की, मिला दरै, शिव प्रसाद गौतम, गिता लामिछाने बिष्ठ चयन भएका छन्।   तदर्श समितिले अबको ६ महिना भित्र अधिवेशन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button