हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

प्रहार समाचार । काठमाडौँ, १० , असार २०८२ गलवार । आज देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टाको अवधिमा भने देशका कुनै पनि स्थानमा अत्यधिक वर्षा नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी वायुको प्रभाव जारी रहेकाले दिनभर देशका विभिन्न भूभागमा मौसम बदली रहने प्रक्षेपण गरिएको छ ।

आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशहरूमा पनि आंशिक बदली र छिटपुट वर्षाको सम्भावना रहेको छ ।

मौसमी महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ । ती प्रदेशका एक/दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button