हेडलाईनसमाचारगण्डकी

जन्मदिनको उत्सवसँगै लमजुङमा वृक्षरोपण : बालकल्याण मा.वि.मा हरियाली अभियान

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ७ असार २०८२ शनिवार । लमजुङको बेसीशहर–२ भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयमा जन्मदिनको अवसर पारेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ अन्तर्गत विद्यालय परिसरमा हरियाली विस्तार गर्ने उद्देश्यले विभिन्न जातका विरुवाहरू रोपिएका हुन्। कार्यक्रममा संस्थापक सल्लाहकार शिवराम सिलुवाल, अभियन्ता कल्पना पाण्डे र अभियन्ता अंकित पाण्डेको जन्मदिनको अवसर पारेर वृक्षरोपण गरिएको हो।

वृक्षरोपण कार्यक्रममा बेसीशहर वडा नं २ का वडा सदस्य रिता अधिकारी, फेवा टेलिभिजन लमजुङका संवाददाता प्रमोद अधिकारी, विद्यालयका प्रधानाध्यापक विष्णु बराल, शिक्षकहरू, विद्यार्थीहरू तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयको अतिरिक्त कार्यक्रम अन्तर्गत यो अभियानलाई समेटेर वातावरण संरक्षणप्रति ऐक्यबद्धता जनाइएको थियो।

विद्यालयका प्रधानाध्यापक विष्णु बरालले बालबालिकामा वातावरणप्रतिको चेतना अभिवृद्धि गर्न यस्तो अभियान सहयोगी भएको बताउँदै ‘जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई सामाजिक तथा पर्यावरणीय उत्तरदायित्वसँग जोड्ने अभियान सराहनीय छ,’ भन्दै अभियानलाई धन्यवाद व्यक्त गरे वडा सदस्य रिता अधिकारीले वातावरण संरक्षणको अभियानमा स्थानीय तह र राज्यको पनि चासो र संलग्नता आवश्यक रहेको बताइन् ।

कार्यक्रममा अभियानका संस्थापक सल्लाहकार शिवराम सिलुवालले ‘जन्मदिनमा वृक्षरोपण’ अभियानको उद्देश्य, महत्व र हालसम्मका गतिविधि प्रस्तुत गर्दै जन्मदिनलाई सामाजिक योगदानमा रूपान्तरण गर्न पाउँदा खुशी लागेको उनले बताए । कार्यक्रम अभियानका परिकल्पनाकार बासुदेव सेढाईको अध्यक्षतामा भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button