• सुशिल लामगादे बि.क. ( प्रहार संवाददाता ) तनहुँ, ७ असार २०८२ २ शनिवार । बन्दीपुर गाउँपालिका भित्रका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि विवरण संकलनको म्याद सकिनै लागेको छ। गाउँ कार्यपालिकाले २०८२ जेठ २९ गते दोस्रो पटक सूचना प्रकाशित गर्दै सम्बन्धित व्यक्तिहरूलाई फारम भरेर २०८२ असार ३२ गतेभित्र सम्बन्धित वडा कार्यालयमा बुझाउन अन्तिम मौका दिएको हो।

पहिलो पटकको सूचनापछि दोहोरिएर प्रकाशित सूचनामा ग्रामीण समुदायलाई अझ सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। भूमिहीन र अव्यवस्थित बासिन्दाहरूको दर्ता प्रक्रिया सम्पन्न गरेपछि स्थायी व्यवस्थापन र सरकारी योजना लाभमा पहुँच सुनिश्चित गरिने जनाइएको छ। यस अभियानले दीर्घकालीन आवास समस्या समाधानमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।
यो कार्य भूमि समस्या समाधान आयोग अन्तर्गत जिल्ला समिति तनहुँ र बन्दीपुरका वडास्तरीय कार्यालयहरूको सहकार्यमा भइरहेको हो। जानकारी र सहजीकरणका लागि सूचना गाउँपालिकाको सूचना पाटी र वेबसाइटमा सार्वजनिक गरिएको छ भने थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।



























