हेडलाईनसमाचारगण्डकी

लमजुङमा अष्ट्रेलियाली संस्थाद्वारा विद्यार्थीलाई झोला र स्टेसनरी वितरण

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ , ७ असार २०८२ शनिवार । लमजुङको बेसीशहर–७ स्थित लक्ष्मी वालमन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक सामग्री प्राप्त गरेका छन्। अष्ट्रेलियाको ‘माइकल पार्कर फाउन्डेसन’ नामक संस्थाले ‘अजिएब्सन एभ्रेड’ मार्फत झोला र स्टेशनरी सामग्री वितरण गरेको हो। कार्यक्रममा निर्देशक बलबहादुर रानाले सहयोगी संस्थाको बारेमा जानकारी दिँदै सामग्री हस्तान्तरण गरेका थिए।

विद्यालयकी प्रधानाध्यापक सुमित्रा कुमारी श्रेष्ठले भौतिक संरचना कमजोर भएकाले पठनपाठनमा समस्या रहेको बताउँदै सहयोगले केही राहत मिलेको धारणा राखिन्। विद्यालय सल्लाहकार विमल श्रेष्ठले सरकारी विद्यालयप्रति गरिब वर्गका मात्र बालबालिका पढ्ने मानसिकता तोड्दै सबैका लागि गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष आसा तामाङले सहयोगी संस्थाप्रति आभार प्रकट गरिन्। आमन्त्रित सदस्य सुरेश कुमार प्रधानले शैक्षिक गुणस्तर सुधारका पक्षमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button