हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँको देवघाट गाउँपालिका पौडेलको कुटपिटबाट मृत्यु

• सुशिल लामगादे बि.क. ( प्रहार संवाददाता ) तनहुँ, ६ असार २०८२ शुक्रवार । तनहुँको देवघाट गाउँपालिका–५ बद्रीमुक्ती टोलका ३२ वर्षीय प्रकाश पौडेलको कुटपिटबाट मृत्यु भएको छ। पौडेल बिहीबार बिहान आफ्नै घर नजिक अचेत अवस्थामा भेटिएका थिए। स्थानीयले तत्काल भरतपुरस्थित सरकारी अस्पताल पु‍र्‍याए पनि उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


पौडेलको मृत्यु प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४३ वर्षीय राम लामा रहेका छन्। घटनामा संलग्न अन्दाजी ६५ वर्षीय ‘जोगी’ भनिने एक व्यक्ति फरार छन् भने उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ।


देवघाट जस्तो धार्मिक र शान्ति क्षेत्र मानिने स्थानमा हिंसात्मक घटना भएको भन्दै स्थानीयहरू चिन्तित बनेका छन्। बिहानै घर नजिकै मृतावस्थामा भेटिएका पौडेलको घटनाले देवघाटको शान्त परिवेशमा असर परेको बताउँदै स्थानीयवासीले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। घटनाको विस्तृत अनुसन्धानसँगै देवघाटमा सुरक्षा सतर्कता पनि बढाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button