हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : भारी वर्षा र बाढीको सम्भावना, सतर्क रहन आग्रह

प्रहार समाचार । काठमाडौँ, ६ असार २०८२ । मनसुन सक्रिय हुँदै गएका बेला पश्चिम नेपालका थुप्रै जिल्लामा भारी वर्षा भइरहेको छ। रातिदेखि नै बाँके, बर्दिया, रोल्पा, दाङ, पाल्पा, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, कास्की, सुर्खेतलगायत ठाउँमा पानी परिरहेकाले नदी तथा खोलामा बहाव बढेको छ।

खोलानालामा जलसतह बढेकोले आसपासका बासिन्दा सचेत रहन मौसम विभागले आग्रह गरेको छ। बाँके, गोरखा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र सतर्कता आवश्यक भएको जनाइएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अझै पनि भारी वर्षा पर्न सक्ने सम्भावना छ। भारतको पश्चिम बङ्गाल नजिक बनेको न्यूनचापीय क्षेत्र र देशको पश्चिममा सक्रिय स्थानीय वायुले समेत मौसममा प्रभाव पारिरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button