हेडलाईनव्याससमाचारगण्डकी

५६ प्रतिशत राजस्वमै अड्कियो व्यास नगर, विकास खर्च कमजोर, विकास योजनामा चरम ढिलाई : नीति कार्यक्रम संशोधनसहित ४३ औं नगरसभाको तयारी

प्रहार समाचार । तनहुँ, ५ असार २०८२ । तनहुँको व्यास नगरको राजश्व संङ्कलन ५६ प्रतिशत राजस्वमै अड्किएको छ। विकास खर्च कमजोर, विकास योजनामा चरम ढिलाई देखिएको छ।

नगरको नीति कार्यक्रम संशोधनसहित ४३ औं नगरसभाको पूर्व तयारीमा कार्यपालिका बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू र सम्बन्धित शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो। नगरपालिकाको समग्र विकास, नीति निर्माण, बजेट कार्यान्वयन र कार्यक्रम व्यवस्थापनलाई लिएर महत्वपूर्ण निर्णयहरू लिइएका छन्।

बैठकले हालसम्म भएका कार्यहरू समीक्षा गर्दै असार १० गते बिहान ११:०० बजे व्यास–३ स्थित सभाहलमा बस्ने ४३ औं नगरसभाको कार्यसूची अनुमोदन गरेको छ। नगरसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे बुँदागत छलफल गरी आवश्यक संशोधनसहित पारित गर्ने निर्णय पनि बैठकबाट भएको छ। त्यस्तै, संघ, प्रदेश र शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट तथा योजनासम्बन्धी प्रस्ताव अन्तिम रुप दिन नसकिएकाले असार ८ गते पुनः बैठक बोलाउने निर्णय गरिएको छ।

बैठकले व्यास नगर युवा परिषद्का लागि प्राप्त ४६ दरखास्तमध्ये ४० जनाको नाम अनुमोदन गरी आगामी असार १५ भित्र दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिएको छ। यसैगरी, धान दिवस पनि असार १५ गते व्यास–९ गजौडेमा मनाउने निर्णय गर्दै त्यसको तयारी र समन्वयका लागि वडा कार्यालय, कृषि ज्ञान केन्द्र र स्थानीय सहकारीसँग सहकार्य गर्न कृषि तथा पशुपन्छी शाखालाई जिम्मेवारी तोकिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा अनुमान गरिएको २ अर्ब १० करोडभन्दा बढीको आम्दानी मध्ये हालसम्म ५६% मात्र आय भई चालुतर्फ ७५% र पुँजीगततर्फ २५% वित्तिय प्रगती भएको, हालसम्म ५६% मात्र राजस्व संकलन भएको संघीय बजेट अन्तर्गतका ठेक्कामा लगाइएका ठूला योजनाहरूमा निर्माण व्यवसायीका कारणले ढिलाई भएकाले पुँजीगत प्रगति कमजोर रहेको बैठकमा छलफल गरी यो कार्यप्रगति बढाउन सम्बन्धित सबैलाई निर्देशन दिने निर्णय गरियो । हालसम्म ५६% मात्र राजस्व संकलन भएको र पुँजीगत खर्चमा अपेक्षा अनुरूप प्रगति नभएको बैठकमा जानकारी दिइयो। निर्माण व्यवसायीका कारण ठूला योजनामा ढिलाइ भएको भन्दै पुँजीगत कार्यप्रगति सुधार्न सबै सम्बन्धित पक्षलाई सक्रिय भूमिका खेल्न निर्देशन दिइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button