हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

मन्टेश्वरी शिक्षण विधिद्वारा शिक्षिकाहरुलाई दक्ष बनाउँदै नेशनल प्याब्सन तनहुँ

प्रहार समाचार । तनहुँ, १ असार २०८२ आइतवार । नेशनल प्याब्सन तनहुँले प्याब्सनमा आबद्ध शिक्षिकाहरुलाई दक्ष, सिपयुक्त तथा मन्टेश्वरी विधिमा आधुनिक शिक्षणा गराई स्तरिय शिक्षणको सिप बृद्धि गर्ने तर्फ लागि परेको छ।

प्याब्सन तनहुँ र अल्फा पब्लिलिकेशनको आयोजनामा दमौलीमा हिंजो एक दिने तालिम प्रदान गरेर उक्त कार्यको सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर चौहानले यस्तो तालिमले शिक्षिकाहरुको वृत्ति विकासमा टेवा पुग्ने, सिकाइमा प्रभावकारिता बढ्ने र शिक्षण प्रक्रियामा सहजता ल्याउने धारणा राखे।

नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालले बदलिंदै परिवेशमा शिक्षकहरुले आफ्नो सिपमा समयानुकुल परिमार्जन गर्दै वाल मनोविज्ञान अनुसार बालमैत्री सिकाइ आवश्यकता रहेको उल्लेख गरे कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव सन्तबहादुर तामाङ, सदस्य रामकृष्ण विक लगायतले मन्तव्य राखेका थिए।

तालिममा प्याब्सन तनहुँका उपाध्यक्ष प्रकाश खड्काले स्वागत मन्तव्य दिएका थिए भने सचिव ऋषिकेश क्षेत्रीले सहजीकरण गरेका थिए। अल्का पब्लिकेशनकी प्रशिक्षक सञ्जिता श्रेष्ठले ३९ वटा विद्यालयका ८० जना शिक्षिकालाई मोन्टेश्वरी शिक्षण विधि, चार्ट, फ्लेक्स कार्ड, अडियो–भिडियो सामग्री तथा मल्टिमिडियाको प्रयोगमार्फत अभ्यासात्मक प्रशिक्षण दिएकी थिइन्।

शिक्षिकाहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया जनाएका थिए। बालबालिकाको समुचित विकासका लागि मोन्टेश्वरी शैलीमा आधारित शिक्षण विधि अत्यावश्यक रहेको धारणा सहभागीहरूले व्यक्त गरेका थिए। आयोजक संस्थाहरूले आगामी दिनमा अझ स्तरीय र बहुदिने तालिम सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button