व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको दमौलीका भूपू सैनिक एवं समाजसेवी मल्ल सम्पर्क विहिन : खोजि कार्य जारी

प्रहार समाचार । तनहुँ, २१ जेठ २०८२ बुधवार ।तनहुँको व्यास नगरपालिका वडा नं २, कालिकामार्ग दमौली निवासी भूपु सैनिक एवं समाजसेवी क्या. तारा मल्ल आज बिहानबाट सम्पर्क बिहिन रहेका छन्।

५९ वर्षीय भारतीय सेनाका पूर्व क्याप्टे मल्ल सदाका दिनमा झै बिहानै मनिङ वाकमा घरबाट निस्किएका थिए । व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीस्थित झोलुंगे पुलमा उनको मोवाइल, चस्मा, झोला भेटिएको प्रहरीले जनाएको छ। ति सामाग्रीहरु पुलमा भेटिएपछि उनि पुलबाट हामफालेको आशङ्कामा नदि किनार वरपर खोजतलास गरिएको प्रहीले जनाएको छ।

प्रहरी, सुरक्षाकर्मी, गोताखोर, स्थानीयवासी र आफन्तजनले मादी नदी किनार आसपासको क्षेत्रमा खोजी कार्य तीव्र पारेका छन्। हाल मादी सेती नदी किनारदेखि सोढेको पुल क्षेत्रसम्म व्यापक रूपमा खोजी भइरहेको व्यास–२ निवासी स्थानीय जुन नारायण श्रेष्ठले जानकारी दिए।

“घटनालाई कसैले प्रत्यक्ष देखेको छैन, तर पुलमा उनीसँग सम्बन्धित सामान भेटिएपछि आशंका बलियो बनेको छ,” श्रेष्ठले भने, “परिवार र आफन्तमा ठूलो पीडा परेको छ।” हालसम्म बेपत्ता मल्लको अवस्था पत्ता लाग्न सकेको छैन।

मल्ल नेवा: खल तनहुँका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका सदस्य समेत रहेका व्यक्ति हुन्। घटनाबारे प्रहरी निरीक्षक राजु अधिकारीले पुष्टि गर्दै खोजी कार्य जारी रहेको जानकारी दिए। घटनाले स्थानीय स्तरमा गहिरो चासो र चिन्ता उत्पन्न गराएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button