हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : प्रचण्ड गर्मी बढ्दै , पश्चिमी वायुको आंशिक प्रभाव

प्रहार समाचार । काठमाडौं, १४ जेठ २०८२ बिहीवार । हाल गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा मौसममा उतार–चढाव देखिएको हो ।

 

मौसमविद्हरूका अनुसार आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुनसक्नेछ । राति पनि बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरू तथा अन्य स्थानमा समेत चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यता, मनसुन भने सरदर मितिभन्दा छिट्टै प्रवेश गर्ने संकेत देखिएको छ । महाशाखाले हिजो सार्वजनिक गरेको ‘मनसुन आगमन अनुगमन बुलेटिन–१’ अनुसार नेपालमा पूर्वी क्षेत्र हुँदै मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ भए पनि यसपटक केही दिनअघि नै मनसुन भित्रिने सम्भावना देखिएको हो । गत वर्ष पनि जुन १० तारिखमै मनसुन प्रवेश भएको थियो । अहिले प्रि–मनसुनको चरण चलिरहेको बताउँदै महाशाखाले यस वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button