हेडलाईनव्याससमाचारगण्डकी

सत्यवती माविको प्रधानाध्यापकमा पौडेल नियुक्त

प्रहार समाचार । तनहुँ, ११ जेठ २०८२ आइतवार । तनहुँको व्यास नगरपालिका -२, दमौलीमा रहेको जिल्लाकै प्रतिष्ठित सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुनः इन्द्रप्रसाद पौडेल नियुक्त भएका छन्। व्यास नगरपालिकाको सिफारिसमा पौडेललाई विद्यालयको नेतृत्व जिम्मेवारी दोहोर्याइएको हो। यसअघि पनि उनले सोही विद्यालयको नेतृत्व सम्हालिसकेका थिए ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , जनप्रतिनिधि, शिक्षकहरू तथा निवर्तमान प्रधानाध्यापक पुष्पकला भट्टराई लगायतको उपस्थितिमा आज आयोजित कार्यक्रममार्फत पौडेललाई पदस्थापन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले पुष्पगुच्छा र अबिरद्वारा उनलाई स्वागत गरेका थिए ।

नवनियुक्त प्रधानाध्यापक पौडेलले शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र सिकाइ प्रक्रियामा नविन प्रविधिको प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। उनले विद्यालय समुदायसँग सहकार्य गर्दै उत्कृष्ट शैक्षिक वातावरण सृर्जना गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button