हेडलाईनव्याससमाचारनगरपालिका /गाउँपालिका

विद्युत पोलमा इन्टरनेट केबल अव्यवस्थित : एक साताभित्र हटाउन तनहुँ वितरण केन्द्रको ताकेता

• सुशिल बि.क. (प्रहार संवाददाता ) तनहुँ, ११ जेठ २०८२ आइतवार । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई एक साताभित्र विद्युत पोलमा जथाभावी रुपमा जडान गरिएका केबल तार हटाउन वा व्यवस्थित गर्न कडा निर्देशन दिएको छ।

विद्युत पोलमा इन्टरनेटका जिआई तारहरूमार्फत करेन्ट चुहावट भई आगलागीका घटना घटिसकेको भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको हो।

केन्द्र प्रमुख विजयराज रेग्मीले विजुलीका पोलमा अनधिकृत र अव्यवस्थित केबलका कारण दुर्घटनाको जोखिम बढेको बताउँदै आगलागीका घटना दोहोरिन नदिन र जनधनको क्षति रोक्न यातो कदम चाल्नु परेको बताए । प्रमुख रेग्मीले भने ‘ देबलका अव्यवस्थित तारहरु एक साताको समयसीमा दिएका छौं। तोकिएको समयभित्र सुधार नगरे अव्यवस्थित केबल हटाउने अभियान सञ्चालन गरिने छ।”

उप्राधिकरणले सबै कर्मचारीहरूलाई जहाँ–जहाँ अव्यवस्थित केबल भेटिन्छ, तत्काल हटाउने तयारी गर्न निर्देशन दिइसकेको छ। अबको कदमले विद्युत संरचनाको सुरक्षामा टेवा दिने र सेवा प्रदायकलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button