व्यासहेडलाईनसमाचारगण्डकी

किरियापुत्रीलाई सुनचाँदी व्यवसायी संघ तनहुँको सहयोग

• सुशिल बि. क. (प्रहार संवाददाता ) तनहुँ, ९ जेठ २०८२ शुक्रवार । आर्थिक अबस्था कमजोर भएका किरियापुत्री बसिरहेका एक परिवारलाई सुनचाँदी व्यवसायीहरूले सहयोग गरेका छन्।

सुनचाँदी व्यवसायी संघ तनहुँको अग्रहमा संघमा आवद्ध दमौलीका व्यवसायीहरूले गत बिहीवार ऋषिङ गाउँपालिका–३ का स्व. कुल बहादुर विकका परिवारलाई २८ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्।

हृदयघातका कारण ५२ वर्षीय विकको निधन भएपछि उनका दुई छोराछोरी र श्रीमती व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा किरिया बसिरहेका छन्। आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि संघले पहल गर्दै सहयोग संकलन गरेर हस्तान्तरण गरेको संघका प्रवक्ता दिपक सुनारले जानकारी दिए।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका कार्यसमिति सदस्यहरूसहित स्थानीय सुनचाँदी व्यवसायीहरूको उपस्थिति रहेको थियो। संघले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय कार्यहरू गर्दै आएको जनाइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button