हेडलाईनसमाचारविजनेसप्रदेश

सुन-चाँदीको मूल्यमा गिरावट

प्रहार समाचार । काठमाडौँ, ९ जेठ २०८२ शुक्रवार । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको सामान्य गिरावटको असर नेपाली बजारमा पनि देखिएको छ। बिहीबारको तुलनामा शुक्रबार एक तोला सुनको मूल्य १ हजार १ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० ले घटेको छ ।

घटबढसँगै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सयमा झरेको छ। त्यस्तै, चाँदी प्रतितोला २ हजार ५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ। मूल्य घट्दा उपभोक्ता पक्षलाई केही राहत मिल्ने अनुमान गरिएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार ३ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ। विश्व बजारमा आएको गिरावटले स्थानीय बजारमा समेत सिधा असर परेको व्यवसायीहरूको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button