हेडलाईनव्याससमाचारगण्डकी

समावेशी संरचना निर्माणमा तनहुँको व्यास न.पा. प्रतिबद्ध

प्रहार समाचार । तनहुँ, ९ जेठ २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिकाले  पालिका क्षेत्रमा अपाङ्गता तथा मानवमैत्री भौतिक संरचना निर्माणका प्रतिबद्धता व्यक्त गरेको छ।

सहृदयी मञ्च तनहुँको आयोजनामा हालै दमौलीमा सम्पन्न कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशी राम गैरे, जग्गा विकास आयोजनाका प्रमुख रवीन्द्रलाल मुल, भवन नियमन तथा घर नक्सा पास शाखा प्रमुख अमृत केसी लगायतका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा प्रतिबद्धता जनाएका हुन् ।

भौतिक संरचना निर्माण गर्दा तथा  पुराना संरचनाहरुमा पनि अपाङ्गता तथा मानवमैत्री भौतिक संरचना बन्ने छन्। यसमा नगर क्षेत्रका बनिसकेका मठमन्दिर, चौतारी, सडक पेटी, सार्वजनिक शौचालय लगायतका संरचनाहरुलाई समेत पूर्ण रूपमा अपाङ्गता तथा मानवमैत्री बनाउने दिशामा मापदण्ड निर्माणको काम अघि बढाइएको छ। यसले नगरलाई सबै वर्गका लागि पहुँचयोग्य बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सहृदयी मञ्च तनहुँका अध्यक्ष हरिकृष्ण अर्यालले अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको पहुँचलाई सुनिश्चित गर्न सकिने पूर्वाधार निर्माण नै समावेशी समाजको जग हुने बताए। “अबका भौतिक संरचना मात्र होइन, बनिसकेका संरचनालाई समेत मानवमैत्री बनाउनु नै हाम्रो अभियान हो,” अध्यक्ष अर्यालले भने, “यसमा सबैको सहकार्य र सहभागिता आवश्यक छ, सहृदयी मञ्च सधैँ तयार छ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button