प्रहार समाचार । काठमाडौं, ८ जेठ २०८२ बिहीवार । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकस्मिक रूपमा बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ। आज सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ। उकालो चाँदीको मूल्य पनि बढ्दै तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ भने तेजाबी सुन १ लाख ९० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ कायम भएको छ। मूल्यवृद्धिले सुनचाँदी खरिद गर्ने उपभोक्तामा केही दबाब देखिएको छ भने व्यापारीहरूले बजारमा अझै केही दिन उतारचढाव देखिन सक्ने अनुमान गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ३ हजार ३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्यमा पर्छ। अमेरिकी डलरको दर, मध्यपूर्वको तनाव र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्ति ( सेभ हेवन ) को रूपमा सुनमा आकर्षित भएका छन्, जसले मूल्यमा उकालो ल्याएको हो।
























