प्रहार समाचार । काठमाडौं, ८ जेठ २०८२ बिहीबार । आज नेपालमा पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको छन्। यसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुन सक्ने छ। तराई क्षेत्रका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
सावधानी अपनाउन अनुरोध :
मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
























