हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता: पृथ्वीराजमार्गमा संकेत बोर्ड जडान

प्रहार समाचार । तनहुँ, ७ जेठ २०८२ बुधवार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्के देखि म्याग्दे गाउँपालिका–१ गुणादीसम्मको खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक संकेत चिन्ह अंकित १५ थान बोर्ड जडान गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले हालै सार्वजनिक गरेको जानकारीअनुसार, ती संकेत बोर्डहरू सडक सुरक्षालाई ध्यानमा राखी उच्च जोखिम क्षेत्रहरूमा राखिएका हुन्।

पृथ्वीराजमार्गको मुग्लिन पुलदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटरको सडक खण्डमा पछिल्ला दिनहरूमा दुर्घटनाका घटनाहरू बढिरहेका छन्। राजमार्ग विस्तारको क्रममा कतै साँघुरो त कतै चौडा सडकले पनि दुर्घटना सम्भावना बढाएको ट्राफिक प्रहरीको भनाइ छ। विशेषगरी तीव्र गतिमा सवारी चलाउने, संकेतको बेवास्ता गर्ने तथा रातको समयमा हुने लापरवाही दुर्घटनाका मुख्य कारणका रूपमा पहिचान गरिएको छ।

पृथ्वीराजमार्गको अधिकांश खण्ड चारलेनको सलल सडकका रूपमा सम्पन्न भइसकेको छ। यातायात सहज भए पनि ट्राफिक नियम पालनामा चासो नदिँदा दुर्घटना बढेको बताइएको छ। यस सन्दर्भमा ट्राफिक प्रहरीले सचेतना अभियानसहित चिन्ह बोर्डहरू जडान गरी सवारी चालकहरूलाई मार्ग निर्देशन र चेतावनी दिइरहेको छ। साथै, स्थानीय तह, सडक विभाग र नागरिक समाजसँग समन्वय गरी थप सुरक्षा उपायहरू अवलम्बन गरिने जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button