हेडलाईनसमाचारप्रदेश

रोकिएन लागूऔषध कारोवार : विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

प्रहार समाचार । काठमाडौं, ७ जेठ २०८२ बुधवार । देशभरका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २० जना पक्राउ परेका छन्। लागूऔषध ओसारपसार तथा सेवनमा संलग्न रहेको आरोपमा काठमाडौं, मोरङ, झापा, चितवन, कास्की, कपिलवस्तु, कञ्चनपुर, नवलपरासी, सुर्खेत, सिराहा, धनकुटा लगायत जिल्लाबाट उनीहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं बल्खुबाट डाइजेपाम, नुर्फिन र फेनारगनलगायत लागूऔषधसहित सञ्जोक लिम्बुसहित ३ जना, चितवन पुलचोकबाट ट्रामाडोलसहित सुनिल सुनार, कास्की घट्टेखोलाबाट युवराज गुरूङ, मोरङ हुलासचोकबाट जित प्रसाद सापकोटा र एक नम्बर ढाँटबाट रबिन विश्वकर्मा, झापा बिर्तामोडबाट चन्दन र सुनिल राजबंशी, नवलपरासी कर्मैनीबाट सुरेन्द्र हरिजन, कञ्चनपुर गड्डाचौकीबाट लाल सिंह कार्की, सुर्खेत सत्यनारायण चोकबाट धिरन विक, कपिलवस्तु चन्द्रौटा चोकबाट नविन नेपाली र शिसिर गौतम, धनकुटा त्रिवेणी चोकबाट अभिषेक लिम्बु र सागर सहनी, सिराहा गोलबजारबाट शम्भु सुमन लगायतलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, ब्राउनसुगर, नाइट्राभेट, डाइजेपाम, नुर्फिन, फेनारगन, स्पासपेन, बुप्रेनोर्फिनलगायत लागूऔषध, नगद र मोबाइल समेत बरामद गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो र सम्बन्धित स्थानका प्रहरी कार्यालयहरूको समन्वयमा ती स्थानहरूमा अनुसन्धान तथा निगरानी गरी पक्राउ गरिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button