हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

स्वास्थ्य मन्त्री पौडेललाई डब्ल्यूएचओद्वारा विशेष अवार्ड

प्रहार समाचार । तनहुँ, ७ जेठ २०८२ बुधवार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विशेष सम्मान प्रदान गरेको छ। जेनेभामा आयोजित संगठनको ७८औं महासभाका अवसरमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेबरियेससले मन्त्री पौडेललाई सम्मानित गरेका हुन्।

मन्त्री पौडेलको नेतृत्वमा सरकारले सार्वजनिक स्वास्थ्य प्रवर्धनका लागि प्रभावकारी कदमहरू चालेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा गरिएको हो। हालै उनले क्यान्सर नियन्त्रणको उद्देश्यले सूर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको सम्पूर्ण भागमा चेतावनी छाप्ने व्यवस्था गर्न निर्देशन जारी गरेका थिए। यो निर्देशन लागू भएपछि उपभोक्तामा सचेतना वृद्धि हुने र सूर्तीजन्य पदार्थको प्रयोगमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष सुर्ती नियन्त्रणमा योगदान पुर्‍याउने विश्वभरका व्यक्तित्व तथा संस्थालाई सम्मानित गर्ने गर्दछ। यस वर्ष नेपालका मन्त्री पौडेलले यो अवार्ड प्राप्त गर्नु नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पनि हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button