हेडलाईनसमाचारप्रदेश

मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार नै यस्तो धन्दामा : कुमारी बैंकले ४२ करोड ऋण नतिरेपछि ३५ दिने सूचना जारी

प्रहार समाचार । काठमाडौँ, ७ जेठ २०८१ बुधवार । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले कुमारी बैंक लिमिटेडको ४२ करोड रुपैयाँ ऋण नतिरेपछि बैङ्कले ३५ दिने सूचना जारी गरेको छ। सिंहले कुमारी बैंकको शाखा कार्यालय लालदरबारबाट लिएको ऋण चुक्ता नगरेपछि पटक-पटक ताकेता, मौखिक तथा लिखितरुपमा सूचित गर्दासमेत ऋण तिर्न नआएकाले सूचना निकालेको बैङ्कले जनाएको छ।

बैंकले ऋणको साँवा ब्याज समय समयमा चुक्ता गर्नुपर्नेमा सिंहले नतिरेपछि कानुनी प्रक्रिया अघि बढाएको छ। बैंकले सार्वजनिक सूचना मार्फत ३५ दिनभित्र ऋण चुक्ता गर्न अनुरोध गरेको छ। यदि तोकिएको समयभित्र ऋण नतिरेमा बैंकले कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

यस प्रकरणले कुमारी बैंकको कर्जा व्यवस्थापनमा प्रश्न उठाएको छ। यसअघि पनि कुमारी बैंकले नक्कली धितोमा १९ करोड रुपैयाँ ऋण प्रवाह गरेको प्रकरणमा अनुसन्धान भइरहेको छ । यस्ता घटनाले बैंकको वित्तीय अनुशासनमा असर पर्ने देखिन्छ।

म मुख्यमन्त्री सतिश कुमार सिंह जनमत पार्टीका नेता हुन्। उनी २०८१ सालको असार २४ गते (७ जुन २०२४) मा मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले जनमत पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका रूपमा सन् २०२२ को निर्वाचनमा सप्तरी २ (क) क्षेत्रबाट जित हासिल गरेका थिए। मुख्यमन्त्री पदका लागि उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूको समर्थन प्राप्त गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button