हेडलाईनसमाचारबागमती

नागढुङ्गा – नौबिसे सडक खण्ड चार घण्टा बन्द हुने : यात्रुलाई असुविधा

प्रहार समाचार । तनहुँ, ७ जेठ २०८१ बुधवार । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुङ्गा–नौबिसे सडकखण्डमा अब दिउँसोको समयमा समेत सवारी आवागमन रोकिने भएको छ। जस्ले गर्दा राजधानी भित्रीने र बाहिरिने हजारौं यात्रु र सवारी साधनहरुलाई असुविधा हुने देखिन्छ ।

निर्माण कार्यलाई गति दिने उद्देश्यसहित जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

यस अघि रातिको समयमा मात्र काम हुँदै आएकोमा अब निर्माणलाई थप प्रभावकारी बनाउन दिनको समयमा सडक बन्द गरिने भएको हो। नागढुङ्गा–पिपलामोड सडक विस्तारको जिम्मा लिएको आयोजनाले राति मात्र कार्य कठिन भएकाले दिउँसो काम गर्न प्रस्ताव गरेका थिए। प्राविधिक पक्षले पनि त्यसलाई उपयुक्त मानेपछि अनुमति प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए।

सडक बन्दले केही समय यात्रुहरूलाई असुविधा भए पनि दीर्घकालीन रूपमा यो सडक सञ्जाल सुधारका लागि महत्वपूर्ण हुने अधिकारीहरूको भनाइ छ। वैकल्पिक मार्गको प्रयोग र समय व्यवस्थापनमा यात्रुहरूलाई सतर्क रहन अपील गरिएको छ। निर्माण कार्य सम्पन्न भएपछि उपत्यका प्रवेश गर्ने यातायातमा सहजता आउने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button