प्रहार समाचार । तनहुँ, ६ जेठ २०८२ गलवार । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पृथ्वीराजमार्गको घुम्ती सडकखण्डमा सोमबार दिउँसो पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना यात्रु घाइते भएका छन्। बस सडकबाट करिब १५–२० मिटर तल खस्दा यात्रुहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी प्रदेश अस्पताल दमौलीमा उपचार गराइरहेका घाइतेहरूमा तनहुँ व्यास–१ भादगाउँका ६७ वर्षीय प्रेमबहादुर राना मगर (दाहिने खुट्टामा गहिरो चोट), सुर्खेत पञ्चपुरी–७ का २४ वर्षीय गणेश सहकारी (दुबै खुट्टा दँदारीएको), रोल्पा परिवर्तन–२ का २२ वर्षीय किस्मत घर्ती मगर (टाउको र घुँडामा चोट), सुर्खेत वीरेन्द्रनगर–९ का ३४ वर्षीय नविन रेग्मी (शरीरका विभिन्न भागमा चोट), दैलेख भगवतीमाई–६ की ३५ वर्षीया दिलकुमारी रोकाया (गालामा चोट), नवलपुर कावासोती–१७ का ७६ वर्षीय युक्तप्रसाद गौडेल (आँखा, निधार र हातमा चोट), पोखरा–३० का ३९ वर्षीय कृष्णबहादुर झ्यारी (दाहिने हातमा चोट, डिस्चार्ज), ७ वर्षीया इत्रीशा मगर (बाह्य चोट नलागेको, डिस्चार्ज), सुर्खेत वीरेन्द्रनगर–१२ का ३१ वर्षीय लोकेन्द्र बानिया (भित्री चोट), अन्दाजी ३२ वर्षीया दुर्गा कुमारी पुन (ढाडमा चोट), कैलाली टिकापुर–१ का १८ वर्षीय शन्देश पुन मगर (दुबै हातमा चोट) रहेका छन्।
त्यस्तै, रत्नहरी अस्पताल दमौलीमा उपचार गराइरहेका घाइतेहरूमा सुर्खेत गुर्भाकोट–१३ का ५० वर्षीय जयबहादुर चन्द (कोखामा चोट), पञ्चपुरी–१० का ५६ वर्षीय धनबहादुर देउवा (नाकमा चोट), लेखबेशी–१ का ३४ वर्षीय राजकुमार बादी (दाहिने खुट्टामा चोट, डिस्चार्ज), जुम्ला तिला–६ का २२ वर्षीय कमल रोकाया (खुट्टा र कुहिनोमा चोट), दैलेख दुल्लु–१ का ३३ वर्षीय महेन्द्रबहादुर खड्का (बायाँ खुट्टामा चोट), अन्दाजी ३५ वर्षीय डम्मरबहादुर खड्का (दुबै हातमा चोट, डिस्चार्ज), र डोल्पा मुर्कुचुला–९ का २४ वर्षीय दलबहादुर बुढा (दुबै खुट्टा र हातमा चोट) रहेका छन्।
यस्तै, म्याग्दे पोलिक्लिनिक थर्पुमा प्राथमिक उपचारपछि गम्भीर अवस्थाका तीन जना गण्डकी अस्पताल, पोखरा रिफर गरिएका छन्। ती घाइतेमा बस चालक सुर्खेत वीरेन्द्रनगर–९ का २९ वर्षीय शेरबहादुर वली (कानमा चोट), सहचालक पोखरा–२१ का २६ वर्षीय संजय अधिकारी (दाहिने हातमा चोट), तथा वीरेन्द्रनगर–९ कै २८ वर्षीय अशोक विक (बायाँ हातमा चोट) रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
ग
























