प्रहार समाचार । कास्की, ६ जेठ २०८२ मङ्गलवार । कास्कीमा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो १ बजेर ५९ मिनेट जाँदा गएको हो।

केन्द्रका अनुसार कास्की जिल्लाको सिनुवा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ४.७ रिक्टर स्केलको भूकम्प गएको पुष्टि गरिएको छ।
भूकम्पको धक्का कास्की मात्र नभई आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। यद्यपि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।
भूकम्पपछिको हलचलका विषयमा केन्द्रले थप अध्ययन तथा निगरानी गरिरहेको जनाएको छ। यस्तै, भूकम्पको जोखिम न्यूनीकरणका लागि स्थानीय तह र सम्बन्धित निकायहरूलाई सजग रहन समेत आग्रह गरिएको छ।
























