प्रहार समाचार । काठमाडौं, ६ जेठ २०८२ मङ्गलवार । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डले नेपाललाई जितका लागि १५९ रनको बलियो लक्ष्य दिएको छ।

थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो। नानपत कोन्चारोन्काइले २८ बलमा अविजित ५० रन बनाइन् भने नताया बूचाथामले पनि ५० रन जोडिन्। नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिइन्।
नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन्। आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्नेछ।
नेपालले सोमबार यूएईलाई हराउँदै पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो। तर, नेपालले अहिलेसम्म थाइल्याण्डलाई महिला टी–२० अन्तर्राष्ट्रियमा पराजित गर्न सकेको छैन।
























