प्रहार समाचार । काभ्रे, २ जेठ, २०८२ शुक्रवार । प विश्वप्रसिद्ध कालाग्निरुद्र पीठ लड्केश्वर धाममा सम्पन्न पहिलो राष्ट्रिय कोटिहोम ऐतिहासिक मात्र बनेन, धार्मिक एकताको अद्वितीय प्रतीक पनि बन्यो। कार्यक्रमको सबैभन्दा विशेष दृश्यमा पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र राष्ट्रपति रामचन्द्र पौडेल एउटै पूजास्थलमा देखिनु दुर्लभ संयोग थियो।

देशको इतिहासमा विरलै देखिने यस्तो संगम औपचारिकता मात्र थिएन, यो धार्मिक समर्पण र राष्ट्रिय भावनाको सशक्त प्रस्तुति थियो। पूर्वराजा शाह दम्पतीले निष्ठापूर्वक पूजाआजा गर्दा, राष्ट्रपति पौडेलले यस्ता आयोजनाले राष्ट्रको सांस्कृतिक एकता अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

अब लड्केश्वर धाम केवल पूजास्थल होइन, राष्ट्रिय एकताको आध्यात्मिक केन्द्रको रूपमा स्थापित हुन थालेको छ ।



























