हेडलाईनसमाचारसूचना प्रविधि

वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य गिरावट : केहीले वृद्धि पनि गरे

प्रहार समाचार । काठमाडौँ, १ जेठ २०८१ बिहीवार ।
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार अधिकांश बैंकहरूले बैशाख महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन्, तर केहीमा परिवर्तन देखिएको छ। तीन वाणिज्य बैंकहरू — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक, र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। अर्कोतर्फ, एभरेष्ट बैंक, नेपाल बैंक, र सानिमा बैंकले भने ब्याजदर बढाएका छन्। बाँकी बैंकहरूले अघिल्लो महिनाकै दरलाई कायम राखेका छन्।

व्यक्तिगत मुद्दती खाताको औसत ब्याजदर बैशाख महिनामा ५.९८ प्रतिशत रहेकोमा जेठमा थोरै घटेर ५.९५ प्रतिशतमा झरेको छ। यद्यपि संस्थागत मुद्दती खातामा भने औसत ब्याजदर चैत महिनाको ४.३७ प्रतिशतबाट बैशाखमा ०.०२ प्रतिशतले बढ्दै ४.३९ प्रतिशतमा पुगेको छ। विवरणसहितको तालिकाबाट थप जानकारी लिन सकिन्छ।

व्यक्तिगत तर्फ

संस्थागत तर्फ

Source: Nepse alpha


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button