हेडलाईनसमाचारप्रदेश

तीनै तहका जनप्रतिनिधिको भत्ता खारेज गर्नुपर्ने : स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने

प्रहार समाचार । काठमाडौँ,१ जेठ २०८२ बिहिवार । पछिल्लो समयस्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने माग चारै तिरबाट उठ्न थालेको छ। यसै प्रसङ्गमा नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्।

राष्ट्रिय सभाको हिंजोको  बैठकमा बोल्दै उनले वडामा पाँच जना सदस्यको काम नभएको जिकिर गरे । ‘वडामा पाँच जना सदस्यको काम छैन, तीन जना भए पुग्छ- दलित, महिला र एक जना ।’ उनले भने ।


‘प्रदेशमामा पनि संरचना घटाउनुपर्‍यो, ५ जना मन्त्री भए पुग्छ। संघीय संसदमा पनि प्रत्यक्षजति प्रतिनिधि सभा र समानुपातिकजति राष्ट्रिय सभामा राख्ने गरौं।’उनले तीनै तहका जनप्रतिनिधिको भत्ता खारेज गर्ने पर्नेमा जोड दिए । तपाईलाई सांसद बस्नेतको विचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button