प्रहार समाचार । तनहुँ , २३ बैशाख २०८२ मङ्गलवार । तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यभार सम्हालेका छन्।

गृह मन्त्रालयबाट आएका रामकृष्ण अधिकारीले हिंजोबाट तनहुँको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका हुन्। यस अघि प्रजिअ रामकृष्ण अधिकारीलाई तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, कार्यालयका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।

यस अगाडीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको रामेछापको प्रमुख जिल्ला अधिकारीमा सात महिनामा सरुवा भएको थियो ।
























