हेडलाईनसमाचारप्रदेश

आजबाट कक्षा १२ को  परीक्षा सुरु : पाँच लाख बढि विद्यार्थीहरु सहभागि हुँदै

प्रहार समाचार । काठमाडौँ, २१ बैशाख २०८२ आइतवार । आजबाट कक्षा १२ को  परीक्षा देशभर अहिले  बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुने भएको छ ।

परीक्षाको लागि स्वदेशमा १ हजार ५ सय ९० र जापानमा समेत ग एक गरी कूल एक हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। 

परीक्षाकालाई भयरहित तथा शान्तिपूर्ण रूपमा सञ्चालन गर्न  केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको परीक्षा बोर्डले जनाएको छ । 

परीक्षमा ५ हजार २ सय २ विद्यालयका नियमित तथा आंशिक गरि  ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।
महिनौंको शिक्षक आन्दोलनको कारण परीक्षा हुन्छ की हुँदैन भन्ने सङ्का काकारण विद्यार्थी तथा अभिभावकहरुमा दोधार उत्पन्न भए पनि अन्ततहः परीक्षा आजबाट हुने भएको हो ।

परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।



त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न दिइने छैन भने परीक्षाको मर्यादा पालना नगरेको अवस्थामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक तत्काल परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ । 

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका शुरूका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ । परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button